दफा ९
समितिको गठन
:(१) बोर्डको उद्देश्य प्राप्तिको लागि आवश्यक कार्यक्रमहरू सुव्यवस्थित रूपले सञ्चालन गर्न, गराउन र बोर्डको सम्पूर्ण काम कारवाहीहरूको रेखदेख तथा प्रबन्ध गर्नको लागि एक कार्यकारी समितिको गठन हुनेछ ।
(२) समितिमा देहायका सदस्यहरू रहनेछन्ः–
(क) सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय –अध्यक्ष
(ख) खण्ड (छ) बमोजिम मनोनित सदस्यहरू मध्येबाट बोर्डकोसदस्यहरूले छानेको सदस्य एकजना –उपाध्यक्ष
(ग) सहसचिव, अर्थ मन्त्रालय –सदस्य
(घ) महानिर्देशक, अध्यागमन विभाग –सदस्य
(ङ) पर्यटन विकाससंग सम्बन्धित अन्य मन्त्रालय मध्येबाट नेपाल सरकारले मनोनित गरेको कम्तिमा रा.प.प्रथम
श्रेणीको अधिकृत एकजना –सदस्य
(च) महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण –सदस्य
(छ) पर्यटन प्रबद्र्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी, पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासंग सम्बन्धित विशेषज्ञहरू मध्येबाट नेपाल सरकारले दफा १० को अधीनमा रही मनोनित गरेका ५ जना –सदस्य
(ज) कार्यकारी प्रमुख – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (छ) बमोजिम मनोनित सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरू पुन एक पटकको लागि मनोनित हुन सक्नेछन्।
(४) दफा १४ बमोजिम कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म समितिले कुनै सदस्यलाई समितिको सदस्य–सचिव भई काम गर्नको निमित्त तोक्न सक्नेछ ।
तर कुनै सदस्यलाई समितिको सदस्य–सचिव भै काम गर्न तोकिएको मितिले तीन महिनाभित्र कार्यकारी प्रमुखको नियुक्ति गरिसक्नु पर्नेछ ।
(५) समितिले आवश्यक देखेमा कुनै स्वदेशी विशेषज्ञ, सल्लाहकार वा पर्यटन व्यवसायसंग सम्बन्धित लब्ध प्रतिष्ठित व्यक्तिलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।